भोरोनेज – रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरलाई कब्जा गरेको छ ।
समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ ।
यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल हमला गरिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइलले केलाई निशाना बनाएको हालसम्म खुलेको छैन ।
किभको स्थानीय सरकार अनुसार एक मिसाइल सर्वसाधारण बस्ने भवनमा खसेको थियो । अर्को मिसाइल राजधानीको विमानस्थल नजिक खसेको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar