काठमाण्डौ – नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
शुक्रबार, पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् । ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु,’ उनले लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ ।’
रुसी आक्रमण तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ ।’उनले लेखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar