ताइवान – युक्रेनमाथिको हमला विरुद्ध रुसमाथी ताइवानले पनि प्रतिबन्ध घोषणा गरेको छ ।
युक्रेनमाथि रुसको हमलाको यो दोस्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका बेला युक्रेनमाथिको हमलाबिरुद्ध ताइवानले पनि विरोध जनाँउदै रुसमाथी प्रतिबन्ध घोषणा गरेको हो ।
शुक्रवार, ताइवानी विदेश मन्त्रालयबाट गरिएको ट्वीटमा युक्रेनमाथि रुसी हमला र सैन्य कारवाहीलाई तुरुन्त रोक्न र कुराकानीको माध्यमले शान्तिपूर्ण समाधान निकाल्न अपिलसमेत गरिएको छ ।
त्यस्तै ट्वीटमा भनिएको छ – ‘युक्रेन संकटबीच पूरा दुनियाँको नजर अमेरिका आफ्ना सहयोगीका लागि कति बफादार छ भन्ने कुरामा पनि अडिएको छ । यदि चीन ताइवानमाथि आफ्नो दाबीका लागि यस्तो गर्छ भने अमेरिकाको कदम के होला भनेर पनि प्रश्न सोधिएका छन् । वास्तवमा ताइवान आफूलाई स्वतन्त्र राष्ट्र बताउँछ । ताइवानले आफ्नो संविधान बनाएको छ र त्यहाँ जनताद्वारा छानिएको सरकारको शासन छ । उसले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो सहयोगी देश मान्ने गर्छ ।’
यस्तै चीनले ताइवानलाई आफ्नो एउटा प्रान्त मान्छ र पछि चीनकै हिस्सा बन्ने बताउँदै आएको छ । हाल संसारका १३ देशले मात्रै ताइवानलाई एक भिन्न र सम्प्रभुता भएको देश मान्छ । हालै चीनका राष्ट्रपति शी जिनपिङले भनेका थिए, ‘ताइवानसँग चीनको पुनः एकीकरण हुन आवश्यक छ । ’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar