युक्रेन – युक्रेनमाथी रुस हमलाको दोस्रो दिन आज (शुक्रबार) शाहशिक लडाकु सेनासहितको रुसी युद्ध ट्याङ्क युक्रेनको राजधानी नजिकै पुगीसकेको छ ।
युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बेलायती समाचार माध्यमहरुमा आज शुक्रबार शाहशिक लडाकु सेनासहितको रुसी युद्ध ट्याङ्क युक्रेनको राजधानी नजिकै पुगीसकेको बताइृएको छ । अहिले रुसी सेनाका उक्त लडाकु ट्याङ्क किभतर्फ अगाडि बढिरहेको छ। डेली मेलका अनुसार रुसी ट्याङ्क राजधानी किभबाट २० माईलमात्रै टाढा रहेका छन् ।
आज बिहानैदेखि रुसी सेनाले युक्रेनको राजधानी किभमा निरन्तर बमबारी र क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी बमबारीपछि किभको आकाश आगो र धुवाँको मुस्लोले ढाकिएको छ । पछिल्ला विवरण अनुसार निकै शक्तिशाली रुसी सेनाविरुद्ध युक्रेनको सेना निरीह बनेका छन् ।
किनभने युक्रेनमा केबल १२५ वटा मात्रै युद्ध गर्न सक्ने विमान छन् जबकि रुससँग १५ सयभन्दा बढी लडाकु विमान छन् । यही कारण अमेरिकी अधिकारीले आइतबारसम्म राजधानी किभ रुसको कब्जामा आउने चेतावनी दिइसकेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar