भोरोनेज – युक्रेनले रुस हमलाको दोस्रो दिन आजसम्म ८०० भन्दा बढी रुसी सैनिक मारिएको दावी गरेको छ ।
युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पुरै सेनालाई युद्धमा उतार्ने घोषणा गर्दै आजसम्म ८०० भन्दा बढी रुसी सैनिक मारिएको दावी गरेका हुन् । त्यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ३० रुसी ट्यांक ध्वस्त पारिएको र ७ रुसी जासुसी विमान पनि खसालिएको दावी गरेका छन् ।
जेलेन्स्कीले पुरै युक्रेनी सेनालाई युद्धमा उतार्नेसमेतघोषणा गरेका छन् । युक्रेन सरकारले १८ देखि ६० वर्षका युक्रेनी पुरुषलाई देश छोड्नबाट प्रतिबन्धसमेत लगाएको छ । केही रिपोर्ट अनुसार युक्रेनले आफ्ना १० हजार नागरिकलाई प्रतिरोधका लागि राइफल दिइसकेको छ ।
शुक्रबार बिहानै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विश्वले आफूहरुलाई युद्ध गर्नका लागि एक्लै छोडेको उल्लेख गरेका छन् । उनी आफू किएभमा भएको र त्यहाँ रुसी सेना आइसकेको पनि उनले बताए । रुसको पहिलो निशाना आफू भएको र त्यसपछि आफ्नो परिवार भएकोसमेत उनको दावी छ । उता एकाबिहानैदेखी किएभमा निरन्तर बिस्फोट भैरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar