काठमाण्डौ – सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
छलफलमा, प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग एमसिसि पास गर्न सहयोग मागेका छन् । त्यस्तै देउवाले एमसिसि पासगरी नयाँ सत्ता समिकरण बनाउन आग्रह रेका हुन् ।
बैठकमा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् । त्यस्तै काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत सहभागी छन् ।
आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुनः बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए ।
ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar