काठमाण्डौ – अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा पाँच दलीय सत्ता गठबन्धनमा विभाजन देखिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने गठबन्धन जोगाउनेभन्दा एमसीसी पास गर्ने नीतिमा अघि बढेको छ ।
सत्तामा बस्ने र सरकारकै निर्णयका विपक्षमा नेता कार्यकर्ता उतार्ने सत्ताधारी सहयात्री दलहरूको व्यवहारबाट आजित बनेको कांग्रेस गठबन्धन जोगाउनेभन्दा एमसीसीलाई जसरी पनि संसद्बाट पास गर्ने नीतिसहित अघि बढेको हो ।
सोही नीतिअनुसार मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न ओली आफ्ना पार्टीका नेताहरूसहित बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री देउवाले आन्तरिक रूपमासमेत एमसीसी पास गर्ने गृहकार्यका लागि नेताहरूलाई खटाएका छन् भने उनले बालुवाटारमा दैनिकजसो गठबन्धनमा आबद्ध दलका नेताहरूलाई छुट्टाछुट्टै संवादसमेत जारी राखेका छन् ।
सरकारले गत ८ फागुनमा प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गरिसकेको छ । तर, टेबल गर्ने विषयमा सहमति दिएका दल र ती दलका शीर्ष नेतृत्व नै अहिले एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै सरकारी नीतिकै विरोधमा छन् । आजको राजधानी दैनिकमा खबर छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar