हुम्ला – हुम्लाको अदानचुली गाँउपालिकामा कार्यरत कर्मचारीहरुले बर्षदिनभरीको हाजीर एकैनिदमा गर्नेगरेको खुल्न आएको छ ।
गाँउपालिमा कार्यरत् प्रमुख प्रशासकिय अधिकृत, प्राविधिक लगायत अन्य कर्मचारी र कार्यालय सहयोगीसम्मले बर्षदिनभरीको हाजीर एकैनिदमा गर्नेगरेको खुलाशा भएको हो । गाँउपालिकाको हाजीरी विवरण हेर्दा गाँउपालिमा कार्यालय सहयोगीको रुपमा कार्यरत मोतीलाल दानीले गत माघ महिनामै फागुन महिनाको पुरा हाजीर गरिसकेका छन् । फागुन महिनाभरीको हाजीर गरेर कार्यालय सहयोगी दानी अहिले घरको काममा व्यस्त भएको बुझिएको छ । उता दानीले गरेको हाजीरमा फागुन महीना ३० गतेसम्म छ भने उनले फागुन ३१ गतेसम्म हाजीर गरेको देखिएको छ।
त्यस्तै गाँउपालिकाको हाजीर फाईलमा निमित्त प्रमुख प्रशासकिय अधिकृत टंकदत्त प्याकुरेल, र लेखापाल दत्तबहादुर थापाले यस वर्षको हाजीर नै गरेका छैनन् । त्यस्तै इन्जिनियर मकरध्वज शाहीले पनी गत भदौ सम्मको मात्र हाजीर गरेका छन । उता गाँउपालिकाको सूचना प्रविधि अधिकृत सुरेन्द्र फडेराले पनि गतकात्तिक महिनामसम्म मात्र हाजीर गरेको भेटिएको छ ।
गाँउपालिका श्रोतका अनुसार उच्चतहका कर्मचारीहरुले बर्षभरीको हाजीर एकैदिन गर्ने प्रचलन रहेको छ । उनिहरु प्रायजसो बिदामै बस्ने र कहिले कार्यालय आउनेबित्तिकै घर जाने गर्ने गरेका छन् ।
त्यस्तै गाँउपालिकामा कार्यरत अधिकांश कर्मचारीहरुले सरकारी नियमसमेत अटेर गर्ने गरेका छन् । उता गाँउपालिकामा कर्मचारीको यस्तो हर्कतले कार्यालयको कामसमेत अस्तव्यस्त भएको सेवाग्राहीको गुनाशो छ ।
यस बिषयमा जानकारी लिन गाँउपालिका कार्यालयमा जाँदा निमित्त प्रमुख प्रशासकिय अधिकृत टंकदत्त प्याकुरेल कार्यालयमासमेत थिएनन् भने उनलाई फोन सम्पर्कसमेत हुनसकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar