सिमकोट – हुम्लामा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले जिल्ला छाड्नुपरे अनिर्वाय रूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ ।
दलित महिलातर्फबाट पहिलोपटक जिल्ला अधिकारी बनेर हुम्ला पुगेकी सीता परियारले कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा बोल्दै जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएको भन्दै सिडिओसंग अनुमति लिनुपर्ने निर्देशन दिएकी हुन् ।
प्रजिअ परियारले लिखित रूपमै निर्णय गराई कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुले जिल्ला छाड्दा अनिवार्यरूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्देशन दिएकी छन् । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।
जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्देशनानुसार निर्णय भएको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरूको छलफलमा सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला आइपुगेकी हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar