काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
आज बिहिबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन् । गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्न प्रस्ताव राखेका थिए ।
तर देउवाको उक्त प्रस्तावप्रती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले भने असहमती जनाएका थिए । ओलीलाई भेट्न बालकोट गएका देउवाले पत्नी आरजुलाई समेत लगेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar