काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत ५ नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बिहिवार, नेकपा एकीकृत समाजबादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो ।
उजुरीपत्रमा झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भष्टाचार गरेको आरोप लगाइएको छ।
नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar