काठमाण्डौ – आइएमई पे र एभरेष्ट बैंक लिमिटेड वीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ ।
डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन् ।
हालसम्म १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिंक अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदा रहेका छन् । आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैंकको खातामा आइएमई पे एपबाट निः शुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरेको छ ।
आइएमई पे मा बैंक लिंक पश्चात उपभोक्ताले सिधै आइएमई पेको पिन राखी पैसा पठाउन वा सार्न मिल्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाइएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । यस्को मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्ट मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्ने पनि उल्लेख छ ।
त्यसैगरी सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंकलाई भरपर्दो र व्यवसायिक कार्यक्षमता भएको बैंक मानिन्छ । भारतको पञ्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको बैंकले सेवाग्राहीको साथै समाजको व्यापार, कृषि तथा उद्योगमा पनि लगानी तथा अरु बित्तीय सुविधाहरू प्रदान गर्दै आएको पनि उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar