काठमाडाैँ – नेपालका लागि पाकिस्तानका राजदूत एच ई सैयद हैदर शाहले आज पूर्वप्रधानमन्त्री केपी शर्मा ओली (नेकपा एमालेका अध्यक्ष) सँग भक्तपुर निवास स्थित बालकोटमा भेटवार्ता गरेका छन् ।
नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वसँगको पहुँचको एक हिस्साको रूपमा यो शिष्टाचार भेट हाे। राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा उहाँको प्रशंसा गर्नुभयो ।
उहाँले सार्कको पुनरुत्थानका लागि गरेको प्रयासको पनि स्मरण गर्नु भयाे । राजदूतले केपी ओलीले ‘पाकिस्तानको मित्र’का रूपमा नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास व्यक्त गर्नु भयाे । केपी ओलीले राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने चाहना व्यक्त गर्नु भयाे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar