काठमाण्डौ – प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसियनले आन्दोलनरतको आज १०७ दिन पुगेको छ ।
गत केहि समयदेखी कोभिड महामारीको कारण ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आज आइतवारवाट भने आन्दोलनलाई भौतिक रुपमै पुनः निरन्तरता दिने भएको छ ।
‘फागुन १ गते बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लिलामणी पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसियसनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।
बिगत १ सय ७ दिन देखी न्यायपालिकाको सुद्धीकरण र सुदृढीकरणको लागि न्यायधिस हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायधिस राणाको राजिनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar