२०८१ कार्तिक २, शुक्रबार
काठमाण्डौ – नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा घटेको छ ।
इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा ६९.६४ प्रतिशतले घटेर १३ करोड ४ लाख ९९ हजार रुपैयाँमा सिमित भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ५.९८ प्रतिशतले बढेर १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
हाल कम्पनीकाे चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७५ करोड २५ लाख २३ हजार रुपैयाँ सञ्चित रहेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रूपैयाँ ९४ पैसाबाट घटेर ३ रूपैयाँ ६२ पैसामा झरेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar