काठमाण्डौ – अमेरिकाबाट बेलायततर्फ आँउदै गरेको हवाईजहाजभित्रै एक महिलामाथी बलात्कारको शिकार भएकी छन् ।
अमेरिकाको न्युजर्सीको नेवार्कबाट बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको युनाइटेड एयरलायन्समा एक बेलायती महिला नागरिकमाथी बलात्कार भएको खुल्न आएको हो । ति महिलालाई बलात्कार गरेको आरोपमा अर्का बेलायती हवाइ यात्रुलाई रात्रिकालीन ट्रान्स एटलान्टिक उडानमा रहेको विमानको बिजिनेस क्लासबाटै गिरफ्तार गरिएको छ ।
बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको सो विमानमा सबै निदाएको अवस्थामा ती पुरुषले महिलामाथि आक्रमण गरेको बताइएको छ । बेलायतको सन पत्रिकाका अनुसार ती महिलाले युनाइटेड एयरलायन्सका कर्मचारीहरूलाई घटनाबारे जानकारी दिएकी थिइन् । कर्मचारीहरूले तत्कालै प्रहरीलाई घटनाबारे उजुरी गरेका थिए । सुरक्षा अधिकारीहरूले घटनास्थलमा फोरेन्सिक परीक्षण समेत गरेका थिए ।
चालिस वर्षीय ती पुरुषलाई प्रहरीले हिरासतमा लिएर हिथ्रो प्रहरी कार्यालयमा लगेका थिए । अनुसन्धान जारी राखिने शर्तमा उनलाई अहिले हिरासतमुक्त गरिएको छ । उनीहरूबीच पहिले चिनजान भएको नदेखिएपनि उडानको दौरान दुवैलाई क्याबिनको लाउन्ज वारमा कुरा गर्दै पेय पदार्थ लिँदै गरेको देखिएको थियो ।
चालिसै वर्ष उमेरकी ती महिलालाई सरकारी अधिकारीहरूले सहयोग गरेका थिए । थप अनुसन्धान जारी रहेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar