धार्के – सितापाइला सडक सम्पन्न गर्नको लागि यहि माघ २५ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको पहलमा नेपाल सरकारको अर्थ मन्त्रालयबाट रु ५५ करोड स्रोत सुनिश्चित भएको छ ।
२०६३ सालमा आफु स्थानिय विकास मन्त्री भएको बेलामा सुरु गरेको धार्के सितापाईला सडक खण्ड विभिन्न कारणले सम्पन्न हुन नसकेकोमा बागमती प्रदेशको मुख्यमन्त्री भएपछि पहल गरी कालोपत्रे सहित पूर्ण रुपमा निर्माण सम्पन्न हुने भएको छ । मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीको अनुसार पाण्डेले आफु मुख्यमन्त्री भए लगत्तै यो महत्वपूर्ण सडक खण्डको निर्माणलाई उच्च प्रथामिकता राख्नु भएको थियो ।
मुख्यमन्त्री पाण्डेले ०७८ पुस ११ गते सडक विभागको महानिर्देशक अर्जुनजंग थापा, सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणी रिमाल, स्थानीय जनतासमेत को उपस्थितिमा सो सडकको निर्माण सम्पन्न गराउनको लागि धार्के सितापाइला सडक खण्डमा पर्ने भुवनेश्वरी खेलमैदानमा खुल्ला छलफल गर्नुभएको थियो ।
नागढुंगा मुग्लिङ सडक चौडा गर्ने समयमा काठमाण्डौं प्रवेश गर्ने पश्चिमी नाकाहरुको बैकल्पिक व्यवस्थापन जरुरी भएको सन्दर्भमा यो सडक खण्डको निर्माण सम्पन्न भएपछि यातायात व्यवस्थामा सुचारु गर्न महत्वपूर्ण योगदान पुग्नेछ र पश्चिम नेपालबाट राजधानी प्रवेश गर्दा आम नागरिकले पाउदै आएको पिडाको पनि अन्त्य हुनेछ। धुनिबेशी नगरपालिकाको वडा नं. २, ३, ५ र ६ मा पर्ने उक्त सडक खण्ड धुनिबेशी नगरपालिकाको सहरी पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar