मुगु – नेकपा एमालेका सांसद मोहन बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोपमा उजुरी परेको छ ।
नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई दुईपटक बलात्कार गरेको ती महिलाको आरोप छ । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी दर्ता गरिने तरखर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए । सांसद बनियाँ नेकपा एमालेबाट पूर्वमन्त्रीसमेत भउका हुन् ।
बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए । सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ । होटलमा उनीहरुको बिचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar