काठमाण्डौ – वेब ब्राउजर गुगल क्रोमले आफ्नो लोगो परिवर्तन गर्ने भएको छ ।
कम्पनीले सन २०१४ देखि लोगोमा कुनै परिवर्तन गरेको थिएन । ८ वर्षपछि सन २०२२ मा भने लोगो परिवर्तन गरिने कम्पनीका डिजाइनर एल्भिन हुले ट्विटरमार्फत जानकारी दिए । क्रोमको लोगो रिडिजाइन गरिएको छ । डिजाइनर एल्भिनले यसैसम्बन्धी ट्विटरमा नयाँ लोगो र पुरानो लोगोबारे थ्रेड बनाएका छन् ।
झट्ट हेर्दा अद्यवारण गरिएको लोगो पुरानो जस्तै देखिन्छ । तर ध्यानपूर्वक हेर्ने हो भने यसको रंगको चमक र स्याडो (छायाँ)मा परिवर्तन देख्न सकिन्छ । नयाँ लोगो आइफोन, म्याक, विन्डो र क्रोमबुकको लागि फरक(फरक देखिनेछ ।
क्रोमको लोगोमा रातो, पहेंलो, हरियो र निलो रंग देख्न सकिन्छ । गोलो आकारको क्रोमको लोगोको बीच भागमा निलो रंग छ भने वरिपरि बाँकी रंगले घेरेको छ। अहिलेको लोगोमा देखिने यी रंगहरू निकै फिक्का छन् । डिजाइनर हुका अनुसार बीच भागमा देखिने निलो गोलाकार पनि ठूलो छ । तर नयाँ लोगोमा देखिने रंग चकिलो छ। रंगहरू बढी जीवन्त देखिन्छन् ।
कम्पनीले नयाँ लोगोमा रंगहरूलाई खेलाएको छ । पहिले भद्दा र अप्रिय देखिने रंगलाई डिजाइनरले नयाँ ढाँचामा प्रयोग गरेका छन, जसले गर्दा क्रोमको लोगो पहिलेको तुलनामा आकर्षक देखाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar