काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज आइतबार दिउँसो ४ बजे तीन नेताबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लगायत विषयमा छलफल हुने बताईएको छ ।
शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar