काठमाण्डौ – सरकारले स्थानीय तह निर्वाचनको मिती घोषणा गर्ने तयारी गरेको छ ।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार स्थानीय तह निर्वाचनको मिती घोषणा गर्न मन्त्रिपिरषद् बैठक बस्ने तयारी गरेको बताएका छन् । उनले भोली बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिती घोषणा हुने बताएका हुन् ।
निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताए ।
भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छ । मन्त्री कार्कीले भने – ‘अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको द्वविधामा नरहन म सबैमा आग्रह गर्दछु ।’ उनले भने । निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए ।
आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको हो कि भन्ने शंका उत्पन्न भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar