काठमाडौं – आज फेब्रुवरी ४ अर्थात् विश्व क्यान्सर दिवस संसारभर विभिन्न कार्यक्रमगरि मनाइदैछ। नेपालमा पनि यो दिवस बिभिन्न जनचेतना मुलक कार्यक्रम गरि मनाइदै छ। नेपालमा यस बर्ष विश्व क्यान्सर दिवस ” क्यान्सर केयर क्लोज द ग्याप अर्थात् क्यान्सरको उपचारमा हुने असमानात्ता हटाउं” भन्ने नारा सहित विभिन्न रचनात्मक कार्यक्रमगरि मनाइदै छ।
सरकारी स्तर वाट यो दिवस खासै महत्वको साथ् नहेरिय पनि क्यान्सर अस्पतालहरुले बिशेष महत्वका साथ् मनाइरहेका छन्।क्यान्सर रोग मानव सरिरमा रहेका तन्तुहरुको बेलगाम बढोत्तरी हो। यो रोग अझै के कुन कारणले लाग्छ भन्ने अनुसन्धानकै बिषय रहेको छ। तर यो रोग समयमै पत्तालागे निको पार्न सकिन्छ। समयमै उपचार पाय क्यान्सरका बिरामी पूर्ण निको पनि हुन सक्छन।
यो रोग लाग्ने विभिन्न रिस्क फेक्टरहरु जस्तो धुम्रपान, मध्यपान,बंशाणु, अस्वस्थ जीवनसैली-खानपान आदि हुन्। यी जोखिम कारकहरुबाट व्यक्तिले बच्न सके क्यान्सर रोग बाट बच्न र बचाउन सकिन्छ। क्यान्सरको डाटा सम्बन्धि अध्यन गर्ने अन्तरास्ट्रिय सस्था ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार नेपालमा सन २०२० मा करिब २९ हजार नया क्यान्सरका बिरामी थपियका थिय भने करिब १८ हजार जनाको क्यान्सर रोग का कारण मिर्तु भएको थियो। नेपालमा खासगरी फोक्सो, पेट, स्तन, हेड एण्ड नेक र पाठेघर क्यान्सर प्रमुक रहेका छन। पछिल्लो समय नेपालमा हरेक बर्ष क्यान्सरका बिरामीको संख्या बढ्दै गैरहेको देखिन्छ। यसको कारण नेपालमा डाइगोनोसिस सुविधा बढ्नु हो जस्तो कि प्रयोगशाला र ईमेजीङ्ग सुबिधा हुनु।
त्यस्तै मुलुकका केहि भागमा क्यान्सर रोग हो वा होइन भन्ने हिस्टोप्याथोलोजी र सिटीस्क्यान, एमआरआइ, न्युकिलियर इमेजिंग आदि सुबिधाको कारण बिरामीको चाडैं डाइगोनोसिस हुने भएकोले अहिले क्यान्सरका बिरामी बढेका देखिन्छ। क्यान्सर उपचारको चुनौती भनेको यो रोग चाडै पत्ता नलाग्नु हो। यो रोग सुसुप्त अवस्थामा बढ्दै जान्छ र बिरामी आफै लाइ ढिलो थाहा हुने गर्दछ। कतिपय बिरामीको बेवास्था तथा सामाजिक परिवेशले गर्दा यो रोग डाइगोनोसिसमा चुनौती हुने गरेको पाइन्छ। केहि हप्ता पहिले डडेल्धुराका एक क्यान्सरका बिरामी जो नेपाल प्रहरीवाट अवकाश प्रातव्यक्ति थिय उनले बिगत तिन बर्ष देखि क्यान्सर आफ्नो परिवार बाट लुकायर राखेका रहेछन।
पुलिसमा कार्यरत मानिस क्यान्सर भएको अरुले थाहा पाए आफ्नो सामाजिक प्रतिष्ठामा आच आउने ठानेर निजले घर परिवार लाइ नभनेका रहिछन। यो कुरा उहाको श्रीमतीले अस्पतालमा उपचारको क्रममा भन्नु भएको थियो। क्यान्सर भएको तिनबर्ष सम्म लुकयाका उनले तिनबर्ष पछि अत्यन्त पिडा हुन् थालेपछि श्रीमतीलाइ भनेछन।
तर त्यो बेला सम्म क्यान्सर उहाको घाटिबात फैलिसकेको थियो शरीरको अन्य भागमा। अस्पतालले उहाको पालिएतिभ केएर सुरु गरेपनि निको हुने सम्भावना नभएकोले घर फर्केको तिन दिनमै उहाको देहावसान भएको थियो। रोग लुकायर राख्दा झन् समस्यामा परिन्छ। रोग लुकाउनु अपराध जस्तै हो। यस्तो कार्यले बिरामी स्वयम् र उहाको परिवार रोगको र तेस्ले सिर्जना गर्ने समस्याको सिकार हुन पुग्दछन।यस्ता चुनौती लाइ चिर्न क्यान्सर दिवस जस्ता दिनले सहयोगी भूमिका खेल्न सक्छन बिभिन्न जनाहेतना मुलक कार्यक्रम मार्फत।
क्यान्सर दिवस लाइ क्यान्सर अस्पतालमा मात्र सिमित नराखी राष्ट्रब्यापी रुपमा मनाउन सके यो दिवसको प्रभावकारिता अझ बढ्थ्यो। राष्ट्रिय स्तरमा कार्यक्रम तर्जुमा गरि तेस्लाई सहर केन्द्रित मात्र नगरी गाउँ-गाउँ सम्म पुर्याउन सके क्यनर रोग डाईगोनोसिस र उपचार सहज हुन् सक्छ। सहज यस अर्थमा कि बिरामीको रोग चाडै पत्ता लाग्ने र उपचार सहज हुन् सक्दछ।
हुनत स्वास्थ्य मन्त्रालयले हरेक बर्ष स्वास्थ्य कर कोष तथा सरकारी क्यान्सर अस्पताल मार्फत क्यान्सर रोग रोकथामको लागि बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ। जस्तो कि क्यान्सर अस्पतालहरुले बिभिन्न ठाउमा गयर क्यान्सर सम्बन्धि स्क्रीनिङ कार्यक्रम संचालन गरेको पाइन्छ। तर यस्ता कार्यक्रम सहर तथा सुगम ठाउँ केन्द्रित हुने गर्दछन। यी कार्यक्रमको प्रभावकारिताको लागि यसलाई अझ व्यापक बनाउदै लैजानु पर्दछ। क्यान्सर सम्बन्धि स्क्रीनिङ तथा जनाचेताना कार्यक्रमहरुलाई बिकट तथा दुर-दराज गाउँहरुमा पुर्याउनु पर्छ। यी र यस्ता कार्यक्रमले क्यान्सरका बिरामी र उनुहरुको उपचार मा रहेको ग्याप कम गर्न सकिन्छ।
हाल नेपलमा क्यान्सर रोगको उपचार अति महँगो छ। साधारण नेपालीले यो रोगको उपचार गर्न गार्हो परिरहेको छ। सरकारले क्यान्सरका बिरामीलाई उपलब्ध गराउने एकलाख खर्च र स्वास्थ्य बिमा मार्फत उपलब्ध हुने रकमले क्यान्सरका बिरामीको उपचार केहि सहज बनेको छ। तर यो प्राप्त छैन। कतिपय बिरामीको उपचार गर्दै जादा घरवार बिहिन हुनुपरेको देखिन्छ।
क्यान्सरका बिरामीलाई सरकारले घोषणा गरेको मासिक भत्ता कार्यविधि बनाएर चाडो कार्यन्वयन गर्न पर्दछ। पछिल्लो समयमा प्रदेश सरकारहरुले पनि क्यान्सरका बिरामीको उपचारमा सहयोग गर्ने घोषणा गरेका थिय तर तिनलाई कार्यान्वयन गरेको देखिंदैन। फगत घोषणा राजनीतिक स्टन्ट मात्र हो। त्यो घोषणा लाइ कार्यन्वयन प्रदेश सरकारले चाडो गर्नु पर्छ। यसरि हेर्दा केन्द्र सरकारले दिने भत्ता र प्रदेश सरकारले दिने सौलियत सबै गर्दा हरेक बर्ष राज्यका तर्फ बाट अरबौ बैसा खर्च हुने देखिन्छ।
यसरि बेलगाम पैसा वितरण गर्नु भन्दा सरकारले क्यान्सरका बिरामीको सम्पूर्ण उपचार खर्च निसुल्क गर्नु पर्छ। यस बाट राज्यको लगानी बचत हुने देखिन्छ भने बिरामीले पनि सम्पूर्ण उपचार सहज पाउने छन्। महत्वपूर्ण कुरा यस कार्यले बिरामीको उपचारमा हुने ग्याप अन्त हुनेछ।
समस्या क्यान्सरका बिरामीको उपचार निसुल्क गरे समाधान हुने छैन कारण ति बिरामीलाई उपचार गर्ने अस्पतालहरु अहिले नेपालमा निकै कम छन्। हाल सरकारी क्यान्सर अस्पतालहरुमा बिरामीले उपचार पाउन दूइ देखि तिन महिना सम्म कुर्नु परिरहेको छ। सरकारी स्तरबाट चलेका अस्पतालको हालत एस्तो छ। अर्को तर्फ आम साधारण बिरामीले निजि अस्पतालमा उपचार गर्न सक्दैनन्। अत्यन्त महँगो छ उपचार-निजीमा। समस्या समाधानको उपाय भनेको मुलुकमा क्यान्सर अस्पतालको संख्या बढाउनु हो। सरकारी स्तर बाटै हरेक प्रदेशमा एउटा क्यान्सर उपचार समर्पित अस्पताल स्थापना गर्नु पर्छ। अब प्रश्न आउछ।
के सरकारले सातै प्रदेशमा क्यान्सर अस्पताल खोल्न सक्छ? के आर्थिक रुपमा सम्भब छ? यी प्रश्नहरुको सहज उत्तर हो सकिन्छ/सक्छ र छ। सरकारले क्यान्सरका हरेक बिरामीलाई बेहोर्ने एकलाख र पाच हजार मासिक भत्ता बाटै यी अस्पताल स्थापना गर्न सकिन्छ। राज्यले क्यान्सर अस्पताल स्तपनामा लगानी गर्नु धेरै कोण बाट फाइदाजनक हुन्छ। किनभने ति अस्पतालबाट क्यान्सरका बिरामी मात्र होइन जुनसुकै बिरामीले पनि उपचार सेवा पाउँनसक्दछन। ति अस्पतालले बिसिस्ट अवस्थामा अन्य बिरामीलाई सम्बन्धित अस्पतालमा रिफर गरि उपचार अझ सहज हुन् सक्दछ। त्यसैले क्यान्सर अस्पतालमा ठुलो लगानी भयो भनेर आतिनु पर्दैन।
यति गरे पुग्छ त? पुग्दैन। कारण ति अस्पतालका लागि आवस्यक दक्ष्य जनशक्ति कहाँ बाट ल्याउने? त्यसकोलागी सरकारले दक्ष्य जनशक्तिको उत्पादन तर्फ पनि उतिकै ध्यान दिन जरुरि छ। अहिले खासगरी क्यान्सरको बिरामीको उपचारमा संलग्न हुने ओन्को मेनपावरहरु, रेडियसन ओन्कोलोजी मेडिकल फिजिसिस्ट, रेडियसन ओन्कोलोजिस्ट, मेडिकल ओन्कोलोजिस्ट, थेरापी टेक्नोलोजिस्ट, ओन्को नर्स आदि निकै अभाब रहेको छ। ति अति आवस्यक मेनपावरहरुको उपदान बढाउन सरकारले सम्बन्धित मेनपावरको कोटा बढाउनु पर्यो। केहि बिषय नेपालमा पढाई हुदैनन्, जस्तै रेडियसन ओन्कोलोजी फिजिसिस्ट, तिनलाई नेपालमै पढाई हुने व्यवस्था गर्न पर्छ।
अर्को समस्या भनेको भएका चिकित्सकीय पेसाका मेनपावर राजधानी छोडी बाहिर जान मान्दैनन। त्येसको कारण राजधानी बाहिर अरु अवसर नहुनु हो। त्यस्तै चिकित्सकीय पेसाका लागि राज्य द्वारा निर्धारित तलबमान अत्यन्त न्यून छ। त्यो आकर्षक बनायो भने दक्ष्य जनशक्ति देशको जुनसुकै कुनामा गयर काम गर्ने वाताबरण बन्छ। तेस्तै अर्को महत्वपुर्न कुरा राजधानी बाहिर काम गर्ने कर्मचारिलाइ केन्द्रिय स्तरमा उपलब्ध हुने अवसरवाट वन्चित गराइनु हो। मन्त्रालय तथा सम्बंधित बिभागमा उपलब्ध हुने अवसरहरु काठमाडौँमा कार्यरत कर्मचरिले मात्र पाउदछ्न। यहि कारणले गर्दा पनि दक्ष्य जनशक्ति राजधानी बाहिर जान खोज्दैनन। सम्बन्धित मन्त्रालय तथा निकाय यस तर्फ सजक हुनुपर्छ र समान अवसर दिइनुपर्छ। काठमाडौँमा बसेर काम गर्ने कर्मचारी जतिकै बाहिर कार्यरत कर्मचारी उतिकै विज्ञ हुन्छन। त्यसैले कर्मचारीहरुलाई अवसरको बिभेद अंत गर्नु पर्छ। यसले उपत्यका बाहिर दक्ष्य कर्मचारीको उपलब्धतामा सहयोग हुनेछ र बिरामीको उपचारमा हुने ग्याप कम हुनेछ।
यी कुराहरु संगै अर्को चुनौती भनेको क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने उपकरणको उपलब्धता हो। राज्यले गुणस्तरीय उपचारको निमित्त उपकरण र ति उपकरण संचालन गरि उपचार गर्ने कामदारको जोहो गर्नु चुनौतीपूर्ण छ/हुन्छ। तर असम्भव भने छैन। एकातिर संचार माध्यममा सुनिन्छ राज्यले चालु-पुजीगत खर्च गर्न सकेन भन्छ अर्को तिर अस्पतालहरुले सम्पूर्ण प्रक्रिया पुर्याई बजेट माग्दा मन्त्रालयले महिनौसम्म फाइल अघि बढाउदैन। यसले के देखाउछ भने राज्य तयार भएपनि कर्मचारी तंत्र तेस्को बाधक छ/हो। येस्मा राजनीतिक जनप्रतिनिधि पनि उतिकै जिम्मेवार छन। एउटा अस्पतालको बजेट मन्त्रालय बाट स्वोचालितरुपमा सम्बन्धित अस्पतालमा पुग्नुपर्ने हो तर तरन्तार्को प्रयास पछि मात्र मन्त्रालय बाट अति ढिलो गरि काम हुन्छ। यस्तो काम गरेको तरिका बदल्न ढिलो भैसक्यो।
नेपालबाट बर्सेनि क्यान्सरका बिरामीहरु उपचारको भारत तथा तेश्रो मुलुक जाने गरेकाछन-खासगरी उच्च तथा उच्चमध्यम बर्ग। यकिन त्यथ्यकं नभयपनि बार्षिक करदौ पैसा बिदेशी रहेको अवस्था छ। नेपालमै उच्च प्रबिधिका उपचार उपरकरण भए नेपालमै हामी उपचार गर्न सक्छौ र पुजी बाहिरिन बाट रोक्न सक्छौ। राज्यको तर्फ बाट हाल बार्षिक करिब छ अर्ब रुपया क्यान्सरका बिरामीको लागि बेहोर्ने गरियको छ। यो पैसाको उपयोगिता वैज्ञानिक भएन। अब सरकारले सम्पूर्ण क्यान्सरका बिरामीको पूर्ण उपचार निसुल्क गर्ने र तेस्को जोहो यहि पैसा बाट गर्ने बाकि बिरामीको बिमा मार्फत बेहोर्ने। यी सम्भब कुरहरुलाई राज्यले गम्भिरतापुर्बक लेवस। यतिका कमजोरीका बाबजुत नेपालले क्यान्सरका बिरामीको उपचारको लागि गरेका प्रयास सर्हानिय छन। क्यान्सरका बिरामीको उपचारमा हुने ग्याप घटाउदै सुन्य गर्न अग्रसर राज्यले हुनु पर्दछ। क्यान्सरका बिरामीले नेपाल भर समयमै गुणस्तरीय उपचार सेवा पाउन: विश्व क्यान्सर दिवसको शुभकामना।
Tirthraj Adhikari,
MS, MAS, DIMPCB(Italy)
International Certified Radiation Oncology Head of the department: Department of Medical Physicist
Sushil Koirala Prakhar Cancer Hospital, Khajura Banke Nepal
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar