महाकाली नदीमा पूल निर्माणका लागि नेपाल–भारतबीच सम्झौता
प्रकाशित मिति: २०७८ माघ १८, मंगलबार (२ साल अघि)
३३० पाठक संख्या
काठमाडाैँ । नेपालको महाकाली नदीमा पूल निर्माणका लागि नेपाल–भारत सरकारबीच सम्झौता भएको छ।
मगंलबार एक कार्यक्रबीच नेपालबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएका हो ।
भारतको धार्चुला र नेपालको दार्जुला जोडने नदी महाकालीमा उक्त पुल एकसय दश मिटरको बन्ने छ। भारतको लगानीमा निर्माण हुने यो पुल कुल ४५ करोड लाग्ने अनुमान गरिएको छ। यो तीनवर्षमा समापन्न हुने गरी सम्झौतामा हस्ताक्षर भएको छ।