काठमाण्डौ – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३६.८७ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले २ करोड ७४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६७.६१ प्रतिशतले बढेर ११ करोड ८४ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ७ करोड ६ लाख रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ४०.१६ प्रतिशतले बढेर ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थालाई ४ करोड ६ लाख रुपैयाँ सञ्चालन नोक्सान भएको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी २८ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा १० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar