काठमाण्डौ – रु रु जलबिद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ६ करोड ५७ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १९.६१ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ४९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ९ करोड ९६ लाख ५२ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ९ करोड २५ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको थियो । समिक्षा अवधिका कम्पनीको बिद्युत बिक्रि आम्दानी ७.६९ प्रतिशतले बढेको हो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ र जगेडा कोषमा ११ करोड १७ लाख ४७ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १२४ रुपैयाँ ९२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३५.८२ गुणा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar