एजेन्सी – राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ ।
युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को वैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो । रुसी परिचालन दशकौंमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् ।
त्यसको जबाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको बताए । युक्रेनमाथि रसियाले हमला गर्ने योजनाबारे कुनै प्रमाण नभेटिएको उनले बताए । युक्रेनको सीमामा कथित रसियाको सैन्य अखडाबारे राष्ट्रसंघले पुष्टि नगरेको पनि उनले बताए ।आफ्नो भूभागमा रसियाले बारम्बार सुरक्षाकर्मी तैनाथ गरेको र यो अमेरिकाको चासो बाहिरको विषय भएको उनले बताए ।
रसियाले युक्रेनसँगको सीमामा केही सातादेखि आफ्ना एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ । यसअघि रसियाले सुरक्षा परिषद्को खुला सत्रलाई अबरोध गर्न प्रयासलाई भने अमेरिकालगायतका देशहरुले विफल पारिदिएका थिए । रसियाले युक्रेनमा अतिक्रमण गर्दै गएमा उमाथि प्रतिबन्ध लगाउने अमेरिका र बेलायतले प्रतिबद्धता जनाउँदै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar