ललितपुर – राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले आज बिहान ललितपुरको मंगबजारमा रचनात्मक आन्दोलनको स्वरूप रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता संघका जिल्ला कमिटी अध्यक्ष कमरेड चिन लामाले गरेका थिए भने प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य कमरेड किरण पौडेलले थिए। विषेश आतिथ्यता संघका संगठन विभाग प्रमुख क्षितिज थेवे र पार्टी नेताले गरेका थिए।
संघका प्रदेश सह इन्चार्ज संगिता अछामि, प्रदेश संयोजक महेश चौलागाईं र प्रदेश सचिव मोदनाथ सिलवाल तथा जिल्ला नेताहरुको उपस्थिति भएको कार्यक्रममा अध्यक्ष पौडेलले अहिले उपत्यकामा दैनिक ४०० पोइन्ट रगतको आवश्यकता रहेकोले सप्ताह व्यापी रक्तदान कार्यक्रम देशभरि चलाएको बताए। पौडेलले अभियान पार्टी अध्यक्ष केपी शर्मा ओलि लाई स्वास्थ्य लाभको कामना र रचनात्मक आन्दोलनको स्वरुप भएको बताए ।
ओलि प्रधानमन्त्री हुदा अमेरिकामा समेत स्वास्थ्य सामाग्री व्यवस्थापन गर्न नसक्दा नेपालले व्यवस्थापन गर्ने सकेको तर वर्तमान सरकारले सिटामोल समेत व्यवस्थापन गर्न नसकेको बताए। हिजो केपी ओलिलाई प्रश्न गर्ने कांग्रेसका नेता तथा अभियान्ता आज २४ लाख खोप गायब हुदा निदाएर बसेको आरोप लगाए।
समयमा स्थानीय निर्वाचन गर्न देशभर दबाबमूलक कार्यक्रम भएको र अब दुई हप्ता हरेक ठाउँबाट दाबाब दिनुपर्ने बताए। पौडेलले स्थानीय निर्वाचन नहुनु भनेको राष्ट्रियता र सार्वभौम माथिको प्रहार भएको र यसले देशलाई दशकौ बर्ष धकेल्ने बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar