काठमाण्डौ – राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ ।
मंगलबार बिहान ९ बजेपछि सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवनमा मतदान जारी छ ।
यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ ।
राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar