बारा – नेकपा एमाले निकट राष्ट्रिय युवा संघले बाराको कलैया उपमहानगरपालिकामा मसाल सहित बिरोध प्रदर्शन गरेको छ।
सरकारले मन्त्री रेणु यादवलाइ बर्खास्त नगरेको भन्दै युवा संघले मसाल सहित बिरोध प्रदर्शन गरेको हो । मसाल जुलुसपछी भएको कोणसभामा बोल्दै युवा संघ बारा जिल्ला अध्यक्ष पुर्षोतम साहले सरकारले जवसम्म मन्त्री रेणु यादवलाइ बर्खास्त गर्दैन तवसम्म आन्दोलन जारी रहने बताएका थिए ।
केहि दिनअघीमात्र मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई लक्षित गर्दै बिवादित भाषण गरेकी थिईन । उक्त भाषणको बिभिन्न राजनितीक दल तथा संघ संस्थालेसमेत बिरोध गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar