चितवन – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश भित्र औद्योगिक वातावरण सृजना गर्न तथा लगानीको वातावरण निर्माण गर्नका लागि पहल कदमी लिनु भएको छ ।
मुख्यमन्त्रीमा पदबहाली गरे सँगै अधुरा योजनाहरुलाइ समयमा नै सम्पन्न गर्न र लगानीको वातावरण निर्माणका लागि आवश्यक पर्ने पूर्वाधारहरुलाइ समयमा नै निर्माण गर्नको लागि प्रदेश सरकारले गर्नुपर्ने सहजीकरणलाई प्राथमिकताका साथ अघि बढाउने क्रममा चितवन जिल्लाको कालिका नगरपालिका अन्तर्गत रहेको प्रस्तावित शक्तिखोर औद्यागिक क्षेत्रहरुको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
चितवन उद्योग वाणिज्य संघ तथा चितवन उद्योग संघको पदाधिकारी सहित प्रस्तावित औद्यागिक क्षेत्रको निरीक्षण क्रममा आउनु भएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रस्तावित शक्तिखोर औद्यागिक क्षेत्रको निरीक्षण गर्दै स्थानीय सरोकारवाला पक्षहरुसँग औद्योगिक क्षेत्रको बारेमा जानकारी लिंदै औद्योगिक क्षेत्र स्थापना गर्नका लागि गर्नका लागि देखा परेका समस्याहरु र उक्त समस्या समाधानका लागि बागमती प्रदेश सरकार तथा संघीय सरकारले गर्नुपर्ने पहलकदमीले लिने र बागमती प्रदेश भित्रको आर्थिक समृद्धिका लागि महत्वपूर्ण मानिने यस औद्योगिक क्षेत्रका लागि आवश्यक लगानी जुटाउनको लागि पहल गर्ने र यो आयोजनालाई छिटोभन्दा छिटो कार्यान्वयन तहमा लैजानको लागि संघीय सरकारसँग सम्बादको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उद्योग संघका पदाधिकारलाई हालसम्मको लागि गर्नुभएको पहलको लागि धन्यवाद दिदैं आगामती दिनमा पनि अझ बढि सक्रियता पूर्वक लागी पर्न समेत अनुरोध गर्नु भएको थियो ।
उक्त निरीक्षण कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनाल, श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, आयोगका सदस्यद्धय प्रल्हाद लामिछाने र राजु नेपाल तथा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग लगायत सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री पाण्डेद्धारा हेटौंडाको चौकीटोल – रातोमाटे बाइपास सडकको निरीक्षण
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar