काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामा पुनः तरलता अभावको समस्या देखिने थालेको छ ।
बैंक तथा वित्तीय संस्थाको औसत सीडी (कर्जा – निक्षेप) अनुपात बढेर पुनः ९० प्रतिशत पुगेपछि तरलता अभावको समस्या देखिएको हो । गत साता वाणिज्य बैंकले ३५ अर्ब कर्जा प्रवाह गरेका छन भने सरकारले ७० अर्ब ११ करोड रुपैयाँ राजस्व उठाएको छ ।
अहिले बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ मात्रै अधिक तरलता छ । तरलता सहज हुँदा बैंकले गरेको कर्जा विस्तार र सरकारको राजस्व असुलीका कारण सीडी अनुपात बढेको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिककुमार उपाध्यायले बताएका छन । सरकारले पुसमा ७० अर्बभन्दा बढी राजस्व उठाएर २२ अर्ब मात्रै खर्च गरेको छ । ४८ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा गएकाले पनि सीडी अनुपात बढेर ९० प्रतिशत पुगेको आकलन गरिएको छ । तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले कार्य गरीरहेको बैंकका प्रवक्ता डा.गुणाकर भट्टको भनाई छ ।
गत मंसिर २४ मा सीडी अनुपात बढेर ९१ दशमलव ४९ प्रतिशतसम्म पुगेको थियो । पुस महिना लागेपछि केन्द्रीय बैंकले वस्तु आयातको प्रतितपत्र ‘एलसी’ खोल्न कडाइ तथा पुनर्कर्जाको रुपमा अर्थमन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशतसम्म सीडी गणनामा प्रयोग गर्न दिने व्यवस्थाले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा सीडी अनुपात ८९ दशमलव २९ प्रतिशते थियो ।
राष्ट्र बैंकले पठाएको ६० अर्ब पुनर्कर्जा, स्थानीय तहको ४७ अर्ब रुपैयाँ र पुस महिनामा भएको २२ अर्ब ४० करोड पुँजीगत खर्चले बैंक तथा वित्तीय संस्थामा तरलतामा सहज भएको थियो । तरलता सहज हुनासाथ बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात र अन्तर बैंकिङ सापटी घटेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar