काठमाण्डौ – विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् ।
वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे ।
मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar