काठमाण्डौ – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।
स्टकका अनुसार कम्पनीकाे १४.२५ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ६१ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले मंगलबारकाे अन्तिम काराेबार मूल्य एक हजार २ सय १३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar