धादिङ – सरकारले भूमि आयोग धादिङको अध्यक्षमा कृष्णप्रसाद अर्याललाई नियुक्त गरेको छ ।
एकीकृत समाजवादी पार्टीका केन्द्रीय अनुसाशन आयोगका सदस्य समेत रहेका धादिङका अर्याललाई सरकारले आज नियुक्त गरेको हो । अर्यालसंगै सरकारले २८ जिल्लाका आयोगका अध्यक्षहरुलाई नियुक्त गरेको छ ।
गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय लिएको थियो । उक्त निर्णय अनुसार आज २८ जिल्लामा भूमि आयोगको अध्यक्षहरु नियुक्त गरेको हो ।
तात्कालिन केपी ओली सरकारले देवी ज्ञवालीको नेतृत्वको उक्त आयोग देउवा सरकारले खारेज गरेर नयाँ बनाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar