चितवन – चितवनको एक विद्यालयबाट नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टीसिफकेट) बिक्री गरेको खुलाशा भएको छ ।
इच्छाकामना ५ मुग्लिनमा रहेको त्रिवेणी बाराह माध्यमिक विद्यालयले वि.स. २०६८ सालमा ५ वटा विषयमा फेल भएकी सुनिता त्रिपाठी (सिम्बोल नम्बर ०३४५८४९ N) लाई एसएलसीको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टीफिकेट) उपलब्ध गराएसंगै उक्त खुलाशा भएको हो ।
उता उक्त विषय सार्वजनिक भएसंगै तत्कालिन प्रधानाध्यापक बाबुलाल भट्टराईले नक्कली सर्टीफिकेट वितरण गरेको स्वीकार गरेका छन् । उनले विद्यालयका हालका प्रधानाध्यापक यूवराज लामाले आफ्नो किर्ते सहस्ताक्षरगरि वितरण गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले प्रधानाध्यापक लामाले शैक्षिक प्रमाणपत्र बेचेको आफु संग थप प्रमाण रहेको बताउँदै आवश्यक परे उपब्ध गराउने समेत जनाउँदै दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar