काठमाण्डौ – ‘बाहुबली चलचित्रबाट चर्चामा आएका बलिउड अभिनेता सत्यराज (कटप्पा) कोरोना संक्रमित भएका छन् ।
उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनी केही दिनअघिसम्म चलचित्रको सुटिङमा व्यस्त थिए । सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या देखिएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेसनमा बसेका थिए ।
तर उनको स्वास्थ्य बिग्रँदै गएपछि चेन्नाईको एक अस्पतालमा भर्ना गरिएको जनाइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको अवस्थाबारे अस्पतालले औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar