हेटौंडा – बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।
आज मंगलवार विहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड ( १९ व्यवस्थापन समिति गठन गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।
अघिल्लो वर्ष कोभिड महामारी चर्किएको बेला ४७९ जना प्राविधिक कर्मचारी राखिएकोमा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र थियो । ती कर्मचारीलाई अर्को ६ महिनाका लागि करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जनाए ।
यस्तै, प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकोमा पचास प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे हुने व्यवस्था मन्त्रिपरिषदले गरेको उनले जनाए । त्यस्तो कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
यसैगरी प्रदेश अन्तर्गत भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत भएको उनले बताए । सो कार्यालय स्थापन गर्न आवश्यक जग्गा प्राप्तिका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar