हेटौंडा – बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर – २ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा सिफारिसमा गरेका हुन् भने प्रदेश प्रमुख शर्माले सो पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री पाण्डे र प्रदेशका मन्त्रीहरुको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले सपथ ग्रहण गराएका हुन् ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम श्रेष्ठले सपथ ग्रहण गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar