विराटनगर – विराटनगरस्थित नोबेल मेडिकल कलेज तोडफोड भएको छ ।
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू गरेपछी आन्दोलनरत् विद्यार्थीहरुले मेडिकल कलेजमा तोडफोड गरेका हुन् ।
केही विद्यार्थी घाइतेसमेत भएका छन् । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेको बताईएको छ ।
अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ । नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर आज पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar