विराटनगर – प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी फिर्ता गरेका छन् ।
गत चार महिना अघीनै मुख्यमन्त्री पदबाट हटेपनी राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए । तर बुधबारदेखी शुभयुग डट कम लगायतका संचारमाध्यममा उक्त गाडीबारे समाचार प्रकाशन भएपछी आज शुक्रबार मुख्यमन्त्री राईले उक्त गाडी मन्त्रालयमा फिर्ता पठाएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रशासन शाखा प्रमुख सतिस सत्यालले पूर्वमुख्यमन्त्री राईले प्रयोग गरेको गाडी आज मन्त्रालय आइपुगेको जानकारी दिए ।
को १ झ ५६५ नम्बरको गाडी पूर्व मुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए । प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् ।
तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए । गाडी फिर्ता गर्न पटक पटक मन्त्रालयले ताकेता गरे पनि उनले आनाकानी गरेका थिए ।
पूर्वमुख्यमन्त्रीको रजाँई : चार महिना बितीसक्दा फिर्ता गरेनन् सरकारी गाडी
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar