काठमाण्डौ – चन्द्रागिरि नगरपालिका – ५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी छन् । यस्तै, पक्राउ पर्ने अन्यमा धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र विवेक न्यौपाने, तनहुँका शुशान्तराज भण्डारी, मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सवैजनामाथि यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई लाग्ने दस्तुरभन्दा बढी लिने गरेको तथा छिटो काम गरिदिने बहानामा आश्वासन दिई जबर्जस्ती गरेर सेवाग्राहीलाई दुःख दिने गरेको आरोप छ ।
उनीहरूलाई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटले उनीहरूमाथि अनुसन्धान गरिरहेको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar