काठमाण्डौ – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज १२ राजनितीक दलहरुले उम्मेदवारी दर्ता गर्दैछन् ।
आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन आयोगमा खउम्मेदवारको मनोनयन दर्ता हुँदै छ । जसका लागी हालसम्म चार राजनितीक दलले मात्र उम्मेदवार टुंगो लगाएका छन् ।
नेकपा एमालेवाट :
एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर ९निरु० दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।
त्यस्तै एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी उम्मेदवार बनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा एमालेबाट खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक उम्मेदवार बनेका छन् ।
नेकपा एमालेवाट :
नेपाली काँग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, लुम्बिनी प्रदेशमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)बाट :
नेकपा एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी ९गरिमा० शाहलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय जनमोर्चाबाट :
राष्ट्रिय जनमोर्चाले राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उता माओवादी र जसपाले भने सोमबार उम्मेदवारी टुंग्याउन सकेको छैन । आज विहान उम्मेदवारी टुंग्याउने माओवादी र जसपाको तयारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar