काठमाण्डौ – सरकारले ‘सर्ट ट्रम लोन’ को रुपमा ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकमार्फत सरकारले ९१ दिनका लागि ९१० करोड ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकका अनुसार भोलि अर्थात् पुस २० गतेदेखि जारी हुने उक्त बिल आगामी चैत २२ गते परिपक्व (म्याचुरिटी) हुनेछ ।
इच्छुक लगानीकर्ताहरूले आज, पुस १९ गते दिउँसो २ बजेभित्र बिल खरिदका लागि विद्युतीय माध्यम (अनलाइन) मार्फत राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । यद्यपि, कुल रकमको १५ प्रतिशत रकम भने प्रतिस्पर्धामा नभई आन्तरिक लगानीका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar