काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ल्होसार पर्वले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेकाले पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
बिहिबार, तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार/ल्होसार – २०७८ का अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री पाण्डेले तमु ल्होसार पर्वलाइ गुरुङ्ग समुदायले नयाँ वर्षको रुपमा मनाइरहँदा यसले विशिष्टिकृत सांस्कृतिक पहिचान स्थापित गरेको बताँउदै परम्परागत मुल्य मान्यता समेत प्राप्त गरेको महशुस गरेको बताएका हुन् ।
विशेषत सांस्कृतिक रुपमा धनी तमु (गुरुङ्ग) समुदायले आफ्नो संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्नका लागि आफ्नो सांस्कृतिक परम्परा¸ प्रथा एवं चालचलनलाइ व्यवस्थित ढंगबाट गर्नका लागि गरिएका प्रयास अनुकरणीय रुपमा नै लिएका छौँ । यस किसिमका पर्वहरु मार्फत हुने सांस्कृतिक बिस्तारले विभिन्न क्षेत्र, जात, धर्म र समुदायबीच आपसी सौहार्दतामा वृद्धि गरेकोसमेत बताएका छन् । बागमती सरकार प्रदेश भित्र बसोबास गर्ने जात जातिका संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न आवश्यक सहयोग गर्ने सदैव तयार रहने विश्वास समेत दिलाउन चाहन्छौँ । शुभकामना सन्देशमा पाण्डेले बताएका छन् ।
धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदानका साथ साथै सांस्कृतिक पर्यटनको विकासमा समेत सहयोग गरेको उल्लेख गर्दै पाण्डेले तमु ल्होसार गुरुङ्ग समुदायहरुको महान पर्वका अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सबै नेपाली गुरुङ्ग समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, सहिष्णुता, एकता र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar