काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ ।
नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।
यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको शेयर नौ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको शेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar