काठमाडौं – बुधबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले छापावाल सुनको मूल्य बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार ९३ हजार रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ तोकिएको छ ।
महासंघले बुधबारका लागि चाँदीको खरिद बिक्री मूल्य तोलाको एक हजार दुई सय ६० रुपैयाँ तोकेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar