काठमाण्डौ – हावामा हजारौँ फिटको उचाइमा उडिरहेको विमान ठूलो दुर्घटनाबाट बचेको छ ।
समाचार अनुसार ब्रिटिस एयरवेजको एक विमान हावामा उडिरहेको थियो, सोही समयमा विमानमा एउटा बरफको टुक्रा आएर ठोकियो र विमानको हावा छेक्ने सीसा फुट्यो । घटनाका कारण विमानभित्रका यात्रु कसैलाई पनि केही हानी भएन । विमानलाई सेन जोसमा सुरक्षित अवतरण गराइएको छ ।
बोइङ–७७७ विमान ३५ हजार फिटको उचाइमा उडिरहेको थियो । क्रिसमसको दिन लन्डनको गेटविकबाट कोस्टारिकाको स्यान जोसको यात्राका बेला यो दुर्घटना भएको हो । बरफको टुक्राले दुई इन्च मोटो विन्डस्क्रिनलाई पूर्ण रुपमा तोडेको छ । यद्यपि, यो विन्डस्क्रीन अत्यधिक शक्तिको सामना गर्नका लागि बनाइएको हुन्छ । यो बुलेटप्रूफ सीसा समान हुन्छ ।
विमानमाथि भएको यो दुर्घटनाका कारण लगभग २०० यात्री क्रिसमसको पूर्व सन्ध्यामा लन्डनमा नै फर्किएका छन् । विशेषज्ञका अनुुसार १० लाखमा एक पटक मात्रै यस्तो घटना हुने गर्छ । मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको साँझ फ्लाइट सेन जोस गेटविक जाँदै थियो । तर, विन्डस्क्रिनको मर्मतमा लागेको समयका कारण यात्रुुलाई गन्तव्यमा पुग्न ५० घन्टा ढिलो भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar