काठमाण्डौ – ६ महिना ढिलो गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७८र७९ को आयव्ययसहित ४३ अर्ब ६७ करोड रुपैयाँको बजेट पारित गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ५७ करोड रुपैयाँ बढी हो । चालु आर्थिक वर्ष २०७८र७९ मा विमान सेवा सञ्चालनबाट ५ अर्ब ५९ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । सञ्चालक समितिका अनुसार २१ अर्ब ३४ अर्ब ऋण तथा नेपाल सरकारबाट सेयर लगानी र विमानस्थल विकास शुल्कबाट ७९ करोड संकलन हुनेछ ।
प्राधिकरणले यस वर्ष नेपाल सरकारलाई पहिल्यै भुक्तानी गरिसकेको मूल्य अभिवृद्धि करबापत २ अर्ब ३८ करोड फिर्ता हुने जनाएको छ । यसलाई उसले आम्दानीमा गाभेको छ । त्यस्तै २०७८ साउन १ को सुरुको पेस्कीबापत मौज्दात ५ अर्ब २७ करोड र २०७८ साउन १ को सुरुको बैंक मौज्दात ७ अर्ब ४२ करोड रुपैयाँ गरी ४३ अर्ब ६८ करोड रुपैयाँ आम्दानी भनिएको छ ।
खर्चतर्फ प्राधिकरणले पुँजीगतमा ३८ अर्ब र चालु खर्चमा ४ अर्ब विनियोजन गरेको छ । त्यस्तै कर्मचारीका लागि बोनसबापत प्राधिकरणले १ अर्ब ३७ करोड विनियोजन गरेको छ । बजेटले चालु आयोजनालाई निरन्तरता दिएको छ भने आन्तरिक विमानस्थल सुधार, जग्गा अधिग्रहण, उपकरण जडान आदि कार्यक्रम ल्याएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar