काठमाण्डौ – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । अपराह्नतिर देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।त्यसैगरी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केहीस्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar