काठमाण्डौ – सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ९ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको छ । वार्षिक सभामा कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात, आव २०७६/०७७ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आव २०७७/७८ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ ।
त्यस्तै, बोनश शेयर जारी पश्चात वित्तीय संस्थाको जारी पुजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरि संस्थाको प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar